लुम्बिनी प्रदेश: पहाडी जिल्लाका सबै सडक अवरुद्ध
शनिबार, १२ असोज २०८१, १२ : ५३
बुटवल । अविरल वर्षासँगैको पहिरोले लुम्बिनी प्रदेशका सबै पहाडी जिल्लाका बाटो अवरुद्ध भएका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिका ३ केराबारी भन्ने स्थानमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
यस्तै गुल्मी–रिडी–तम्घास सडकका साथै प्युठानका सडकहरू पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
निरन्तर पानी परेपछि तत्काल खुलाउन सक्ने अवस्था नरहेको प्रदेश ट्राफिक प्रहरी प्रमुख श्याम खत्रीले बताए ।
उनले पाल्पा–बुटवल सडक खुलाउने प्रयास रहे पनि पानी नरोकिएका कारण ढिलाइ भएको खुलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
-
कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण, १२५ जना पक्राउ
-
भ्रष्टाचार विरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण मिति तय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण