प्राकृतिक प्रकोप
काठमाडौँलाई विद्युत् सप्लाई गर्ने मुख्य प्रसारण लाइन अवरुद्ध
शनिबार, १२ असोज २०८१, १५ : २५
काठमाडौँ । काठमाडौँलाई विद्युत् सप्लाई गर्ने मुख्य प्रसारण लाइन अवरुद्ध भएको छ । तामाकोशी नदीले खिम्ती–लामासाँघु प्रसारण लाइनको ७ नं टावर बगाएको हो।
यो १३२ केभीको प्रसारण लाइन हो । यसबाट विद्युत् आपूर्ति बन्द भएपछि काठमाडौं उपत्यका प्रभावित बनेको छ। यो लाइन नबन्दासम्म काठमाडौँलाई बिजुली अपुग हुनेछ। यसले गर्दा विभिन्न स्थानमा पालो गरेर आपूर्ति गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
त्यस्तै ढल्केबर-पथलैया प्रसारण लाइन पनि अवरुद्ध भएको छ। यसले गर्दा ढल्केबर पश्चिममा बिजुली आपूर्ति प्रभावित भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण