नेशनल लाइफद्वारा गण्डकी प्रदेशका अभिकर्ता सम्मानित
कास्की । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले पोखरामा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम आयोजना गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमा शुल्क सङ्कलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२५ जना भन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले शुभारम्भ गरेको सम्मान कार्यक्रममा गण्डकी प्रदेशबाट अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरिएको थियो । सो प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले गण्डकी प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अङ्कित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्युमपाइपले जोडियो तातोपानी नाका
-
दसैँ बजार : वारि सुनसान, पारि भीडभाड
-
संयुक्त राष्ट्रसंघद्वारा केन्यामा डिजिटल समावेशीकरणलाई बढावा दिन पहल सुरु
-
जनजाति महासङ्घद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग
-
जलविद्युत्मार्फत गरिब र विपन्नलाई समृद्ध बनाउने सरकारको लक्ष्य छ : मन्त्री खड्का
-
झिलीमिली बत्तीले सिँगारिए राजधानीका शक्तिपीठ