ननुहाउने श्रीमानसँग श्रीमतीले मागिन् सम्बन्धविच्छेद
नयाँ दिल्ली । बिहेको ४० दिन नबित्दै भारतमा एक महिलाले श्रीमानसँग सम्बन्ध विच्छेद गराइदिन माग गरेकी छिन् ।
महिनामा एक वा दुई पटक मात्रै नुहाउने गरेको भन्दै उत्तर प्रदेशको आगराकी ती महिला स्थानीय परिवार परामर्श केन्द्रमा पुगिन् । श्रीमानले विरलै मात्रै नुहाउने अनि मैलो भइसक्दा पनि लुगा नफेर्ने महिलाको गुनासो थियो ।
श्रीमानको जिउ गन्हाएर नजिक समेत उभिन गाह्रो भएको उनको भनाइ थियो । यही कारणले महिलाले ४० दिनअघि मात्रै बिहे भएको श्रीमानसँग सम्बन्ध विच्छेद मागिन् । यसबारे सोधपुछ गर्दा आफूले महिनामा एक दुई पटक मात्रै नुहाउने गरेको र हप्तामा एक पटक गंगाजल छर्केर शरीरको शुद्धीकरण गर्ने गरेको परामर्श केन्द्रलाई महिलाको श्रीमान् बताए ।
बिहेको केही हप्तापछि नै दुईबिच सरसफाइलाई लिएर झगडा सुरु हुन थालेको थियो । केही सिप नलागेपछि महिला पतिको घर छाडेर माइत गइन् । लगत्तै महिलाको माइतीले दाइजोको नाममा प्रताडित गरेको भन्दै सम्बन्ध विच्छेदको माग गरे । आफूले बिहे गरेर गएको ४ दिनमा श्रीमानले जम्मा ४ दिन नुहाएको महिलाको भनाई थियो ।
आफ्नी नयाँ बेहुलीले कर गरेको भएर श्रीमानले आफूले नुहाउने गरेको भन्दा केही बढी नै नुहाएका थिए । बेहुलीले ननुहाएकै विषयमा सम्बन्ध विच्छेद मागेपछि आफ्नो बानी सुधारेर दिनमा एक पटक नुहाउन समेत पुरुष तयार थिए । तर महिला उनीसँगको फर्किन तयार भइनन् । केही अघि वर्षमा एक पटक मात्रै नुहाएको भन्दै ताइवानी पुरुषले आफ्नो श्रीमतीसँगको सम्बन्ध विच्छेद गरेको खबर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेनजी, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण