समाचार
ओली आउँदा आधा घण्टा बन्द गरिएको विमानस्थल खुल्यो
सोमबार, १४ असोज २०८१, १६ : ३९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किँदा आधा घण्टा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । प्रधानमन्त्री ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गरेका छन् । यसअघि र पछि गरेर आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य उडान तथा अवतरण बन्द गरिएको थियो ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले प्रधानमन्त्रीको आगमनपछि अन्य नियमित उडान र अवतरण सुरु गरिएको जानकारी गराए । सडक यातायात प्रभावित भएपछि धेरै यात्रुले हवाई उडान रोजेपछि आइतबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढेको छ । आज बिहानैदेखि हरेक उडानमा २ घण्टासम्म ढिला भइरहेको थियो । यसमा झन् विमानस्थलमा आधा घण्टा बन्द गर्दा थप प्रभावित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म