समाचार
कृष्णभिरमा सडक भासिएपछि सवारी सञ्चालन एकतर्फी
बुधबार, १६ असोज २०८१, २० : ११
काठमाडौँ । पृथ्वी राजमार्गस्थित धादिङको बेनीघाट रोराङ गाउँपालिमा पर्ने कृष्णभिरमा सडक भासिएको छ । सडक भासिएपछि एकतर्फी सवारी सञ्चालन गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
पहिरोको जोखिमका कारण पृथ्वी राजमार्गको जोखिम हुने ठाउँमा २४ सै घण्टा प्रहरी परिचालन थालिएको छ । संवेदनशील ठाउँमा प्रहरी र ट्राफिक परिचालन गरेर पहिरोको जोखिम देखिएमा ५ सय मिटर पर सवारी होल्ड गर्नेगरी व्यवस्थापन गरिएको एसपी सुवेदीले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण