मधेस सरकारले जनकपुरमा अत्याधुनिक शौचालय बनाउँदै
वीरगन्ज । मधेस प्रदेश सरकारले तीनवटा अत्याधुनिक शौचालय बनाउने भएको छ । प्रदेशको राजधानी सौन्दर्यीकरण कार्यक्रम अन्तर्गत जनकपुरमा प्रदेश सरकारले तीनवटा अत्याधुनिक शौचालय बनाउने भएको हो ।
तीन करोडको लागतमा उक्त शौचालयहरू निर्माण गर्ने योजना बनाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । शौचालय निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा स्थानको छनौट गर्ने कार्य अगाडि बढाइएको छ ।
त्यसका लागि अहिलेसम्म जनकपुरधामका बसपार्क, राम मन्दिरको दक्षिणी भाग र कभर्डहल तथा मणिपालको बिचमा जग्गा छनौट समेत गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
जानकी मन्दिर दर्शन गर्न तथा विभिन्न धार्मिक एवं सांस्कृतिक उत्सवमा सहभागी हुन आउने भक्तजनलगायतका लागि जनकपुरमा सुविधा सम्पन्न शौचालय नहुँदा सास्ती व्यहोर्नु परेको गुनासाहरू बढ्दै गएको थियो ।
जनगुनासा बढ्न थालेपछि प्रदेश सरकारले तीनवटा शौचालय निर्माण गर्ने योजना बुनेको मधेसका मुख्यमन्त्री सतिस सिंहले बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय स्टयान्ड्र्ड अनुसार शौचालय निर्माण गरिन्छ । त्यसमा बढी शौचालय निर्माण गरिएको हुन्छ । सबै अत्याधुनिक हुन्छ, जुन देखेर पनि पर्यटकहरू ‘वाहवाही’ गर्छन् । त्यस्तो किसिमको अत्याधुनिक शौचालय बनाउन लागिएको हो ।’
यस्तै जनकपुरधाममै सांस्कृतिक पर्यटकीय पार्क निर्माणका लागि जनकपुरधामको तिरहुतिया गाछीमा जग्गा छनौट गरिएको जनाइएको छ । खुला जिमसहितको पार्क निर्माणका लागि प्रदेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण