बढ्यो दसैँको चहलपहल, विभिन्न नाका हुँदै भारतबाट फर्कनेको ओइरो
धनगढी । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दसैँको आगमनसँगै भारतसँगको सीमा नाकामा नेपालीहरूको चहलपहल बढेको छ । कामको सिलसिलामा भारतका विभिन्न सहरमा पुगेका नेपाली दसैँ मनाउन धमाधम घर फर्किन थालेका हुन् ।
धान रोपाइँ सकेर कैलालीको कैलारी गाउँपालिका–२ का बिन्दुराम चौधरी भारतको हिमाञ्चल प्रदेशको सिमला पुगेका थिए । तीन महिना स्याउ टिप्ने काम गरेर केही रकम आर्जन गरेका उनी दसैँ मनाउन घर फर्केका छन् ।
बेरोजगारीका कारण भारत पसेका उनी घरको गर्जो टार्न केही कमाइ गरेर फर्किएको सुनाउँछन् । उनले भने, ‘छोराछोरीको भविष्य तथा घरको जीविकोपार्जनका लागि बाहिर जानैपर्ने बाध्यता छ ।’
नेपालमै रोजगारी पाइने भए घर छाडेर अर्काको देश जानु पर्ने अवस्था नआउने उनको भनाइ छ । ‘अलिअलि कमाइ गरेपछि दसैँ त घरपरिवारसँगै मनाउनुपर्छ भनेर आइयो,’ उनले भने ।
भारतको सिमलामै रहेका कैलारी गाउँपालिका–६, बेनौलीका विजय चौधरी पनि घर फर्किने तयारीमा रहेको उनकी श्रीमती संगीता चौधरी बताउँछिन् ।
विन्दुराम र विजयमात्रै होइन, दसैँको आगमनसँगै कामको सिलसिलामा घरभन्दा बाहिर गएका नेपाली कोही घर फर्किसकेका छन् भने कोही फर्किने तयारीमा छन् ।
सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डाचौकी, खक्रौला सीमा नाका भएर दैनिक हजारौँ नेपाली भारतका विभिन्न सहरबाट फर्किने गरेका छन् ।
घर फर्किएका नेपालीले भारतीय सीमामा सास्ती खेप्ने गरेको गुनासो गरेका छन् । सामान लिएर आउँदा जाँचका नाममा यता र उता फालिदिने गरेको कञ्चनपुरका राकेश नेपाली बताउँछन् । सीमा नाकामा गरिने व्यवहारले खिन्न हुनुपरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण