रहेनन् चर्चित गीतकार विश्व वल्लभ
काठमाडौँ । चर्चित गीतकार विश्व वल्लभको मृत्यु भएको छ । उपचारको क्रममा बुधबार राजधानीस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाले जानकारी दिए ।
थापाथलीस्थित घरमै केही दिनअघि अचानक मस्तिष्कघात भएपछि उनलाई अस्पताल पुर्याइएको थियो । मस्तिष्कघातका कारण उनको शरीरको देब्रे पाटो चल्दैन थियो ।
पछिल्लो समय उनमा निमोनिया समस्या पनि देखिएको थियो । लामो समय रेडियो नेपालमा जागिरे रहेका वल्लभका दुई छोरी छन् । दुवैले विवाह गरिसकेका छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरको कारण मृत्यु भएको थियो ।
उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका सहोदर भाइ हुन् । तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तुण्डकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीत वल्लभले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण