रहेनन् चर्चित गीतकार विश्व वल्लभ

काठमाडौँ । चर्चित गीतकार विश्व वल्लभको मृत्यु भएको छ । उपचारको क्रममा बुधबार राजधानीस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाले जानकारी दिए ।
थापाथलीस्थित घरमै केही दिनअघि अचानक मस्तिष्कघात भएपछि उनलाई अस्पताल पुर्याइएको थियो । मस्तिष्कघातका कारण उनको शरीरको देब्रे पाटो चल्दैन थियो ।
पछिल्लो समय उनमा निमोनिया समस्या पनि देखिएको थियो । लामो समय रेडियो नेपालमा जागिरे रहेका वल्लभका दुई छोरी छन् । दुवैले विवाह गरिसकेका छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरको कारण मृत्यु भएको थियो ।
उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका सहोदर भाइ हुन् । तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तुण्डकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीत वल्लभले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा ११ अङ्कको गिरावट, कारोबार रकम ९ अर्बमाथि
-
उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान कायमै
-
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन
-
अनुसन्धानमा तानिएका डा.वैकुण्ठ अर्यालसहित २३ जनालाई चलाइएन मुद्दा
-
लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, नेपाली नागरिक पक्राउ
-
काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै