उत्तर कोरियासँगको रक्षा सम्झौता ‘स्पष्ट’– रुस
मस्को । क्रेमलिनले मङ्गलबार उत्तर कोरियासँगको आफ्नो रक्षा सम्झौताको अर्थ ‘स्पष्ट’ रहेको बताएको छ । प्योङयाङले दक्षिण कोरियातर्फ जाने सडकहरू नष्ट गरेपछि तनाव बढेको बेला क्रेमलिनको उक्त टिप्पणी आएको हो । उत्तर कोरियाले मङ्गलबार अत्यन्त प्रतीकात्मक सडकहरूमा खण्डहरू नष्ट गरेको थियो । यसको जवाफमा सोलले ‘प्रति–आक्रमण’ अभियान सञ्चालन गरेको थियो ।
जुन महिनामा रुस र उत्तर कोरियाबीच हस्ताक्षर गरिएको सम्झौताका बारेमा सोधिएको प्रश्नमा क्रेमलिनले शब्दावली ‘स्पष्ट पार्न आवश्यक छैन’ भनेको छ । उक्त सम्झौताले कुनै पनि मुलुकले आक्रमणको सामना गर्नुपरेमा ‘पारस्परिक सहायता’ प्रदान गर्ने व्यवस्था गरेको छ ।
“यो पूर्णतया स्पष्ट छ, मुख्य कुरा भनेको सन्धिले सुरक्षासहित सबै क्षेत्रमा रणनीतिक, गहन सहयोगको परिकल्पना गर्दछ”, प्रवक्ता दिमित्री पेसकोभले भने । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्योङयाङको भ्रमणमा उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा उत्तर कोरियाली नेता किम जोङ उनलाई पुटिनले उत्तर कोरियाको ‘सबैभन्दा प्रिय मित्र’ भनेर प्रशंसा गरेका थिए ।
उत्तर कोरियाले मस्कोलाई युक्रेनमा प्रयोग गर्न हतियार दिइरहेको पश्चिमी मुलुकहरूको विश्वास छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत साता प्योङयाङलाई आफ्नो मुलुकमा सैनिक पठाएको आरोप लगाएका थिए।
पुटिनले उत्तर कोरियासँगको सम्झौता अनुमोदन गर्न विधायकहरूलाई एउटा विधेयक पठाएका छन् तर धेरै विवरण अझै अस्पष्ट छन् । विधेयकमा प्योङयाङ रुसको आणविक छाताअन्तर्गत पर्नेछ कि छैन भन्ने कुरा पनि समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण