टुकल इंग्ल्याण्डको नयाँ म्यानेजर बन्ने
लण्डन । चेल्सीका पूर्वप्रशिक्षक थोमस टुकल इंग्ल्याण्डको राष्ट्रिय फुटबल टोलीको नयाँ म्यानेजर बन्न तयार भएका छन् । सेभन गोरान एरिक्सन र फाबियो कपेलोपछि उनी राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्ने तेस्रो नन–इंग्लिस म्यानेजर बन्ने छन् ।
युरो २०२४ को फाइनलमा स्पेनसँग पराजित भएपछि गेराथ साउथगेटले टोलीको म्यानेजर पदबाट राजीनामा दिएका थिए । त्यसयता, ली कार्स्लेले अन्तरिम म्यानेजरको भूमिका निभाउँदै आएका छन् । ग्रिस र रिपब्लिक अफ आयरल्याण्डसँगको यूईएफए नेसन्स लिगको खेलपछि टुकलले टोलीको नेतृत्व सम्हाल्ने बताइएको छ ।
टुकललाई बुधबार औपचारिक रूपमा प्रस्तुत गरिने तयारी रहेको छ । ५१ वर्षीय म्यानेजरले सन् २०२१ को जनवरी देखि २०२२ को सेप्टेम्बरसम्म इंग्लिस क्लब चेल्सीको नेतृत्व गरेका थिए । उनले चेल्सीसँग च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप र यूईएफए सुपर कप जितेका थिए ।
उनले बायर्न म्युनिख, पेरिस सेन्ट जर्मेन र बोरुसिया डर्टमन्डको पनि नेतृत्व गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण