लामिछानेलाई पोखरा लैजाने क्रममा ठाउँठाउँमा विरोध प्रदर्शन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँमा पक्राउ गरेर पोखरा लैजाने क्रममा विभिन्न ठाउँमा प्रदर्शन भएको छ । स्थलमार्गबाट पोखरा लैजाने क्रममा लामिछानेलाई लगिने रुटका विभिन्न स्थानका सडकमा पार्टीका नेता कार्यकर्ता भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।
प्रहरीका अनुसार धादिङको नौबिसे, गल्छी, गजुरीलगायतका स्थानमा उनको पक्षमा पदर्शन भएका हुन् । सो क्रममा सडक अवरुद्ध पार्ने प्रयास समेत भएको प्रहरीको भनाइ छ । उसो त उनलाई पक्राउ गर्ने क्रममा पार्टी कार्यालय बनस्थलीमै पनि विरोध र नाराबाजी भएको थियो ।
रास्वपाका एक नेताले लामिछानेलाई पक्राउको विरोधमा शनिबार पोखरामा समेत प्रदर्शनको तयारी भएको बताए । यसबारे छलफल गर्न शुक्रबार नै पोखरामा रास्वापाको प्रदेशस्तरीय बैठक बसेको थियो । सहकारी ठगीमा संलग्नता रहेको आरोपमा प्रहरीले शुक्रबार उनलाई पार्टी कार्यालय बनस्थलीबाटै पक्राउ गरेर पोखरातर्फ पठाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
-
बारम्बार टन्सिल हुनुलाई सामान्य नठानौँ
-
पाठ्यक्रम सुधार गर्न ५० हजार सुझाव सङ्कलन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण