पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
लस एञ्जलस । मोडल तथा व्यवसायी काइली जेनर फेरि कानुनी विवादमा तानिएकी छिन् ।
यसअघि उनका दुई कर्मचारीले कामका क्रममा दुर्व्यवहार भएको आरोप लगाउँदै मुद्दा दर्ता गरेका थिए । अब उनकी पूर्वशेफले पनि कठिन परिस्थितिमा काम गर्न बाध्य पारिएको र त्यसकै कारण गर्भपतन भएको आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेकी छन् ।
अमेरिकी पत्रिका ‘पिपुल’का अनुसार जुन २२ मा लस एन्जलसस्थित अदालतमा दर्ता गरिएको मुद्दामा पूर्वशेफले आफू उच्च जोखिमयुक्त गर्भावस्थामा रहेको जानकारी सुपरभाइजरहरूलाई दिएको भए पनि लामो समयसम्म शारीरिक रूपमा कठिन काम गर्न लगाइएको आरोप लगाएकी छन् ।
उक्त महिलाले नोभेम्बर २०२४ मा काइली जेनरका लागि काम गर्न थालेकी थिइन् । उनले गर्भावस्थासम्बन्धी केही सुविधा माग गरेकी थिइन् । तर डिसेम्बरमा आफूलाई भारी सामान उकालोमा बोक्न लगाइएको र त्यसपछि स्वास्थ्य आपत्कालीन अवस्था सिर्जना भएको दाबी उनले गरेकी छन् ।
मुद्दामा सन २०२५ फेब्रुअरी १ मा काइली जेनरका एक सन्तानको जन्मदिन समारोहमा काम गर्दा कुनै सहयोग नपाएको आरोप पनि लगाइएको छ । त्यसको भोलिपल्ट अत्यधिक रक्तस्राव भएको र पछि चिकित्सकीय परीक्षण गर्दा गर्भपतन भएको थाहा पाएको उनले दाबी गरेकी छन् ।
पूर्वशेफले बाँकी तलब, रोजगारीसँग सम्बन्धित सुविधा तथा क्षतिपूर्तिको माग गरेकी छन् । उनका वकिलले यस मुद्दाले यस्तै परिस्थितिको सामना गरिरहेका अन्य कर्मचारीहरूलाई पनि अगाडि आउन प्रेरणा मिल्ने अपेक्षा व्यक्त गरेका छन् । यस विषयमा काइली जेनर वा उनका प्रतिनिधिहरूले हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण