करेन्ट लागेर मृत्यु हुने घटना बढेसँगै रौतहट प्रहरीद्वारा १० बुँदे सूचना जारी
रौतहट । करेन्ट लागेर मृत्यु हुने घटनामा वृद्धि भएसँगै सचेतनाका लागी जिल्ला प्रहरी कार्यालय रौतहटले १० बुँदे सूचना जारी गरेको छ।
जिल्लामा छोटो अवधिमै करेन्ट लागेर ८ जनाको मृत्यु भएपछि त्यस्ता घटनाबाट जोगिन सर्वसाधारणको सचेतनाको लागि सूचना जारी गरिएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए। विद्युतीय करेन्ट बाट जोगिन जिल्ला प्रहरी कार्यालय रौतहटले खाली खुट्टा वा पानी जमेको स्थानमा बिजुलीको काम नगर्न, बिजुली सम्बन्धी मर्मतको काम बिजुली मिस्त्री बाट मात्र गराउन, घरमा वायरिङ गराउँदा कमसल पुरानो वा जोडजाड गरिएको तार प्रयोग नगर्न सकभर अन्डर ग्राउन्ड वायरिङ गरेर मात्रै बिजुलीको काम गर्न आग्रह गरेको छ।
त्यस्तै घरमा बिजुलीको बोर्ड राख्दा साना बालबालिकाले छुन नसकिने उचाइमा राख्न, घरको एक ठाउँ बाट अर्को ठाउँ वा एउटा कोठा बाट अर्को कोठामा आफ्नो सुविधा अनुकूल हुनेगरी जथाभाबी तार नझुन्ड्याउन, जोखिम र सुरक्षालाई ध्यान राख्न, खेतमा पानी पठाउन सिँचाइ मिटरको प्रयोग गरी मात्र पानी तान्ने मोटर जडान गर्न, रातको समय वा अँध्यारोमा बिजुलीको तार चलाउने, मर्मत कार्य गर्ने वा खेतमा पानी नपटाउन प्रहरीले सूचना मार्फत आग्रह गरेको छ।
त्यसैगरी खेतमा पानी पठाउँदा अनिवार्य रूपमा एक जना कुरुवा खेतमा बस्न, कहिल्यै पनि डाइरेक्टर हुटिङ लगाई बिजुली चोरी नगर्न, सामान्यतया काम काज गर्दा हातले छुन सकिने वा खुट्टा लाग्न सकिने ठाउँमा बिजुलीको तार स्विच बोर्ड नराख्न सूचना मार्फत अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण