गुल्मीमा ‘गौ महोत्सव’ सञ्चालनको तयारी
बुटवल । गुल्मीको रेसुङ्गामा ‘गौ महोत्सव’ तथा श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालनको तयारी भएको छ ।
रेसुङ्गा संरक्षण समितिको आयोजनामा कात्तिक ८ देखि १६ गते गाई तिहारका दिनसम्म ‘गौ महोत्सव’ तथा श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन हुने भएको हो ।
एक हजार एक सय ११ सदस्यीय मूल आयोजक समिति र १३ वटा उपसमितिहरू गठन गरी तयारीलाई तीव्र पारिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।
उनले महोत्सवमा सङ्कलित हुने रकमबाट गाईहरूको दीर्घकालीन संरक्षण र सम्वद्र्धनका लागि अक्षय कोष स्थापना गर्ने बताए । उनले रेसुङ्गामा पर्यटक वृद्धि हुने पनि विश्वास रहेको बताए ।
२०४२ सालदेखि व्यवस्थित रूपमा रेसुङ्गा गोशाला चौतारामा स्थानीय जातका गाईहरू संरक्षण गरिँदै आएको छ ।
पछिल्लो समय गाउँमा गाईहरू पाल्ने प्रचलन घट्दै गएपछि रेसुङ्गामा रहेको गौशाला व्यवस्थित रूपमा गाईहरू पालिँदै आएको सहसचिव यज्ञ प्रसाद शर्मा पन्थीले बताए ।
गाईहरूको संरक्षणका लागि रेसुङ्गा संरक्षण समितिले विगत पाँच वर्षदेखि मुष्ठिदान अभियान समेत सञ्चालन गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण