यातायातसम्बन्धी सबै काम प्रदेश सरकारले गर्नुपर्छ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायातसम्बन्धी सम्पूर्ण काम प्रदेश सरकारले गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा ट्राफिक भाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै उनले यातायातसम्बन्धी सम्पूर्ण अधिकार संविधानले प्रदेश सरकारलाई दिएको उल्लेख गर्दै सोही अनुसार सम्पादन गर्नुपर्ने बताएका हुन् ।
मन्त्री दाहालले संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेश सरकारहरूले आफ्नो अधिकार खोज्ने काममा ढिलाइ गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । उनले स्मार्ट लाइसेन्स कार्ड उत्पादन र वितरणको काम पनि प्रदेश सरकारमार्फत हुने बताए ।
संघीय सरकारले आफ्नो दायित्व पूरा गरेपनि लाइसेन्स कार्ड वितरण गर्ने काम अब प्रदेश सरकारले जिम्मेवार भएर गर्नुपर्ने मन्त्री दाहालको भनाई थियो । उनले प्रदेश सरकारले अझै पनि आफ्नो अधिकार खोज्ने मामिलामा पछि परेको पनि बताए ।
मन्त्री दाहालले भने, ‘प्रदेशको पनि कमजोरी देख्छु, संघको पनि कमजोरी देख्छु । प्रदेशले पनि ए मेरो अधिकार यहाँ रहेछ भनेर बल्ल बल्ल खोज्न थालेको छ । अर्थात यो अधिकार हामीले पाउनु पर्छ, त्यो अधिकार एक्सरसाईज गर्छौं भनेर साँच्चै जोडसँग अहिले पनि प्रदेश सरकार आएको छैन भन्छु म । र संघले पनि यो कुरा इन्टरटेन्ट गरिराख्यो । र हामीले भर्खरै मात्रै के गरेका छौ भने यस विषयमा छलफल गरेर अव आ आफ्नो अधिकार प्रयोग गरौँ भनेर हामीले निर्णय गरेका छौँ ।’
त्यस अवसरमा मन्त्री दाहालले सरकारले अझै पनि स्मार्ट लाइसेन्स कार्ड वितरण गर्न नसकेकोमा अप्ठ्यारो महसुस भएको अनुभूति पनि सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण