काठमाडौँमा कन्सर्ट गर्दै बलिउड गायक जुबिन नौटियाल
काठमाडौँ । भारतीय गायक जुबिन नौटियालले काठमाडौँमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । आगामी मङ्सिर २९ गते हायात रिजेन्सी होटलको ग्राउन्डमा उनले साङ्गीतिक प्रस्तुति दिन लागेका हुन् ।
एन–अटिजम केयर फाउन्डेसनले आयोजना गर्न लागेको कार्यक्रममा नौटियालले आफ्ना चर्चित नयाँ तथा पुराना गीतबाट दर्शक झुमाउने छन् । नौटियालको फ्यान नेपालमा पनि थुप्रै भएकोले गायकसँग प्रत्यक्ष रमाउने अवसर प्रदान गर्न साङ्गीतिक कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक रामचन्द्र शाक्यले बताए । उनले कार्यक्रमले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने धारणा राखे ।
कन्सर्टबाट प्राप्त रकम खर्च कटाएर अटिजम भएका व्यक्तिका लागि खर्च गरिने शाक्यले जानकारी दिए । सन् २०१४ मा रिलिज भएको बलिउड फिल्म ‘सोनाली केबल’मा पार्श्व गायन गर्दै साङ्गीतिक करियर थालेका नौटियालले नेपाली फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणमा समेत स्वर दिएका थिए ।
फिल्म ‘शेरशाह’को गीत ‘रात लम्बियाँ’, ‘बजरंगी भाइजान’को ‘जिन्दगी कुछ तो बता’, ‘तु सुरज में साँझ’ लगायत उनका गीत हिट छन् । पार्श्व गायनका कारण उनले बलिउडका अवार्डहरू समेत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण