बम्बई उच्च अदालतबाट छोटा राजनले पाए जमानत
नयाँ दिल्ली । बम्बई उच्च अदालतले २३ वर्ष पुरानो हत्या प्रकरणमा छोटा राजनलाई जमानत दिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार छोटा राजनलाई सन् २००१ मा होटल व्यवसायीको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।
लाइभ लका अनुसार सन् २००१ मा जया शेट्टीको हत्याको मुद्दामा अन्डरवल्र्डका ग्याङ्स्टर छोटा राजनले जमानत पाएका हुन् । यस मुद्दामा राजनलाई यसअघि नै सजाय भइसकेको छ ।
छोटा राजन पहिलादेखि नै पत्रकार जे डेको हत्या मामिलामा जेलमा सजाय काटिरहेका छन् । त्यसैले उनलाई जेलबाट निस्कन भने गाह्रो छ । मुम्बईको एक विशेष अदालतले सन् २०१८ मा पत्रकार जे डेको हत्या प्रकरणमा मुख्य आरोपी छोटा राजन सहित सबै नौ दोषीहरूलाई जन्मकैदको सजाय सुनाएको थियो ।
मुम्बईका जे डे ‘मिड डे’ पत्रिकामा सिनियर क्राइम रिपोर्टरका रूपमा काम गर्थे । ‘जे डे’ नामबाट समाचार ललेख्ने ज्योतिर्मयको ११ जुन २०११ मा मुम्बईको पवईमा गोली हानेर हत्या गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण