स्थानीय तह उपनिर्वाचनका लागि खर्चको सीमा निर्धारण
काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तय भएको उपनिर्वाचनमा गर्न पाइने खर्चको सीमा निर्धारण गरेको छ । स्थानीय तह उपनिर्वाचनमा उम्मेद्वारका लागि आयोगले कात्तिक ७ गतेको बैठकबाट खर्चको हद निर्धारण गरेको हो ।
‘स्थानीय तहमा रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदहरूमा उपनिर्वाचन प्रयोजनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम उम्मेद्वारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म उम्मेद्वारले खर्च गर्न पाउने रकमको हद तोक्ने गरी आयोगबाट निर्णय भएको छ’, आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जसअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले सात लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन् भने उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले पाँच लाख पचास हजार रुपैयाँ, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख पचास हजार रुपैयाँ गर्न गर्न सक्ने व्यवस्था रहेको प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
यस्तै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले तिन लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने उनले बताए ।
त्यसैगरी महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले तिन लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले दुई लाख पचास हजार रुपैयाँ, नगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले जम्मा दुई लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण