१७ वर्षीय इथानको गोलसँगै आर्सनल काराबाओ कपको क्वार्टरफाइनलमा
काठमाडौँ । आर्सनल इङ्लिस लिग कप (काराबाओ कप) फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न चौथो चरणको खेलमा प्रिस्टनलाई ३–० गोलले हराउँदै आर्सनल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो ।
भ्रमणकारी टोली आर्सनलले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । एकपक्षीय खेलको २४औँ मिनेटमा ग्याब्रियल जिससले आर्सनलका लागि पहिलो गोल गरेका थिए । ३३औँ मिनेटमा इथान न्वानेरीले टोलीको अग्रता दोब्बर बनाएका थिए ।
१७ वर्षीय मिडफिल्डर इथानले खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । निर्धारित समयको ५७औँ मिनेटमा काई हाभरेजले आर्सनलका लागि तेस्रो गोल थपेका थिए । खेलको प्रारम्भदेखि नै आर्सनलले प्रिस्टनलाई दबाबमा राखेको थियो ।
आर्सनलले प्रतियोगिताको क्वार्टरफाइनलमा क्रिस्टल प्यालेसको सामना गर्नेछ । आर्सनलले हालसम्म दुईपटक काराबाओ कपको उपाधि जितिसकेको छ । तर, आर्सनलले सन् १९९२–९३ सिजनपछि काराबाओ कपको उपाधि चुम्न सकेको छैन ।
आर्सनल हालसम्म ६ पटक यो प्रतियोगिताको उपविजेता बनेको छ । पछिल्लो पटक सन् २०१७–१८ सिजनमा आर्सनल फाइनलमा पराजित भएको थियो । प्रतियोगिताको अन्य क्वार्टरफाइनल खेल न्युक्यासल युनाइटेड र ब्रेन्टफोड, साउथएम्पटन र लिभरपुल, टोट्टनहाम र म्यानचेस्टर युनाइटेडबिच खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण