केबुलकार निर्माणको विषयमा झडप, ६ जना घाइते (तस्बिरहरु)
विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विषयमा झडप हुँदा शुक्रबार प्रहरीसहित ६ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा फुङ्लिङ नगरपालिका–४ का ४५ वर्षीय चन्द्र मादेन, सोही ठाउँका ४० वर्षीय दामोदर अधिकारी, मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका २६ वर्षीय कुमार शेर्पा, फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकका ४१ वर्षीय अर्जुन लिम्बू छन् ।
_tTFQA61lNG.jpg)
झडपकै क्रममा सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र्र ओली र प्रहरी सहायक हवल्दार अभिनास माझी पनि सामान्य घाइते भएका छन् । घाइतेमध्ये मादेनको जिल्ला अस्पताल ताप्लेजुङमा तथा अधिकारी र शेर्पाको स्थानीय तमोर अस्पतालमा उपचार भइरहेको छ ।
केबुलकार परियोजना निर्माणको जिम्मेवारी पाएको हिमालयन कन्स्ट्रकसन प्रालिले निर्माणस्थल पाथीभरा क्षेत्रको काफ्लेपाटीमा एक्साभेटर लैजाने क्रममा झडप भएको हो । सुरुमा केबुलकार पक्ष र विपक्षबिच झडप हुनसक्ने भन्दै प्रहरीले एक्साभेटरको चाबी नियन्त्रणमा लिएको थियो । प्रहरीले एक्साभेटरको चाबी नियन्त्रणमा लिएपछि परियोजना पक्षका जनशक्ति उत्तेजित हुँदा झडप भएको स्थानीय बताउँछन् ।
_q75dxPZvW0.jpg)
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको निर्देशनअनुसार चाबी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले चाबी नियन्त्रणमा लिएको कारण झडप भएको बताए । आजै परियोजना निर्माणको कामको शिलान्यास गर्न एक्साभेटर लैजान लागिएको थियो ।
_3KnTeoHric.jpg)
निर्माणस्थलमा परियोजनाविरुद्ध रहेका पक्षको उपस्थिति र तत्कालीन स्थिति असहज देखिएकाले झडपको खतरा रोक्ना एक्साभेटरको चाबी नियन्त्रणमा लिनुपरेको प्रजिअ शर्माले बताएका छन् । केही समयको झडपपछि प्रहरीले परियोजना विरुद्धमा रहेकालाई लखेटेको थियो । पाथीभरा क्षेत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहेका चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबुलकार प्रालिले परियोजना निर्माण गर्न लागेको हो । केबुलकार परियोजना निर्माण गर्न लागेपछि परियोजनाविरुद्ध मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति र केबुलकार खारेजी सङ्घर्ष समितिले आन्दोलन गर्दै आएको छ ।
_vFlHP5PEaV.jpg)
_upRVYSeePh.jpg)
_Gd3CD4nyf5.jpg)
_okwNpvtW8e.jpg)
_2hCgjC3jFC.jpg)
_Zuitofxb5D.jpg)
तस्बिर : चन्द्र पंन्दाक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
-
षड्यन्त्र वा संयोग ? अल्जेरिया र अस्ट्रियाद्वारा ‘अप्रत्याशित’ बराबरीको बचाउ
-
भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण