‘विराट म्युजिक एन्ड फिल्म अवार्ड’ को तेस्रो संस्करण हुने
काठमाडौँ। नेपाली गीत सङ्गीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना गरिने ‘विराट म्युजिक एन्ड फिल्म अवार्ड’ को तेस्रो संस्करणको लागी गीत,सङ्गीत तथा फिल्मको दर्ता आव्हान गरिएको छ ।
२०८० सालमा प्रदर्शनमा आएका चलचित्र तथा २०८० सालमा रिलिज भएका गीत सङ्गीत समावेश गरिने अवार्ड आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा हुने कार्यक्रममा २०८० सालमा प्रदर्शनमा आएका फिल्म र गीत सङ्गीत समावेश गरेर उत्कृष्टलाई अवार्ड प्रदान गरिने छ। ‘तेस्रो विराट म्युजिक एन्ड फिल्म अवार्ड’ आयोजना हुने मिति र स्थान छिट्टै सार्वजनिक गरिने सापकोटाले बताए ।
यसअघि दुई संस्करण भव्य र सभ्य रूपमा सम्पन्न भएको अवार्डको तेस्रो संस्करण अझै भव्य हुने आयोजकले विश्वास लिएको छ। अवार्डको लागि दर्ता भएका गीत,सङ्गीत तथा फिल्मको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिने र ती उत्कृष्ट पाँच बाट उत्कृष्टलाई अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक सुरज पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण