द एन्जल्स ब्यान्डको नयाँ गीत ‘कति छन्’ सार्वजिनक
शनिबार, २४ कात्तिक २०८१, १३ : १५

काठमाडौँ । ‘द एन्जल्स ब्यान्ड’ले ‘कति छन्’ शीर्षकको नयाँ गीत सार्वजनिक गरेको छ। गीतमा ब्यान्डका प्रमुख गायक राजु लामाले स्वर दिएका छन् । संगीत र शब्द स्व.सुनिल बर्देवाले तयार पारेका गीतको भिडियोमा द एन्जल्स ब्यान्डका सदस्यहरूको प्रस्तुति रहेको छ, जसमा गायक राजु लामासँगै राजेश, विकाश र ताशी रहेका छन्।
भिडियोको निर्देशन र छायाङ्कन संगमले गरेका छन् भने ग्राफिक्सको काम बालकृष्ण श्रेष्ठले गरेका छन्। भिडियो सम्पादनमा अन्जय खड्का र बालकृष्ण श्रेष्ठले सहकार्य गरेका छन् ।
‘द एन्जल्स ब्यान्ड’ नेपाली पप संगीतको क्षेत्रमा सन् १९९० मा स्थापित एक प्रतिष्ठित ब्यान्ड हो। सन् १९९१ मा पहिलो एल्बम ‘मौन जीवन’ सार्वजनिक गरेपछि, ब्यान्डले ‘द एन्जल्स २’ ‘द एन्जल्स ३’ ‘द एन्जल्स ४’ र ‘बेस्ट अफ द एन्जल्स’ जस्ता एल्बमहरू पनि प्रस्तुत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान कायमै
-
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन
-
अनुसन्धानमा तानिएका डा.वैकुण्ठ अर्यालसहित २३ जनालाई चलाइएन मुद्दा
-
लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, नेपाली नागरिक पक्राउ
-
काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित