द एन्जल्स ब्यान्डको नयाँ गीत ‘कति छन्’ सार्वजिनक
शनिबार, २४ कात्तिक २०८१, १३ : १५
काठमाडौँ । ‘द एन्जल्स ब्यान्ड’ले ‘कति छन्’ शीर्षकको नयाँ गीत सार्वजनिक गरेको छ। गीतमा ब्यान्डका प्रमुख गायक राजु लामाले स्वर दिएका छन् । संगीत र शब्द स्व.सुनिल बर्देवाले तयार पारेका गीतको भिडियोमा द एन्जल्स ब्यान्डका सदस्यहरूको प्रस्तुति रहेको छ, जसमा गायक राजु लामासँगै राजेश, विकाश र ताशी रहेका छन्।
भिडियोको निर्देशन र छायाङ्कन संगमले गरेका छन् भने ग्राफिक्सको काम बालकृष्ण श्रेष्ठले गरेका छन्। भिडियो सम्पादनमा अन्जय खड्का र बालकृष्ण श्रेष्ठले सहकार्य गरेका छन् ।
‘द एन्जल्स ब्यान्ड’ नेपाली पप संगीतको क्षेत्रमा सन् १९९० मा स्थापित एक प्रतिष्ठित ब्यान्ड हो। सन् १९९१ मा पहिलो एल्बम ‘मौन जीवन’ सार्वजनिक गरेपछि, ब्यान्डले ‘द एन्जल्स २’ ‘द एन्जल्स ३’ ‘द एन्जल्स ४’ र ‘बेस्ट अफ द एन्जल्स’ जस्ता एल्बमहरू पनि प्रस्तुत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण