रावा क्याम्पसमा महिला र दलित विद्यार्थीलाई अध्ययन शुल्कमा छुट
खोटाङ । रावाबेंसी गाउँपालिका–२ खार्पामा सञ्चालित रावा क्याम्पसले स्नातक तहमा अध्ययन गर्ने महिला र दलित समुदायका विद्यार्थीलाई अध्ययन शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।
क्याम्पस व्यवस्थापन समितिले महिला र दलित विद्यार्थीलाई छुट दिने निर्णय कार्यान्वयनमा आइसकेको क्याम्पस प्रमुख दीपक पोखरेलले जानकारी दिए ।
“अन्य विद्यार्थीलाई पनि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । रावा क्याम्पसमा अध्ययनरत स्नातक तहका सबै विद्यार्थीले वर्षमा रु १० हजार शुल्क बुझाउनुपथ्र्यो । यस वर्षबाट महिला र दलित समुदायका विद्यार्थीले रु पाँच हजार र अन्य विद्यार्थीले रु सात हजार पाँच सय मात्र बुझाउनुपर्छ”, उनले भने, “त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त रावा क्याम्पसमा शिक्षा शास्त्र सङ्कायमा स्नातक तहको पठनपाठन भइरहेको छ । क्याम्पस व्यवस्थापन समितिको यो निर्णयले विद्यार्थी उत्साहित भएका छन् ।”
विसं २०६५ मा स्थापना भएको रावा क्याम्पसमा खोटाङसहित छिमेकी जिल्ला ओखलढुङ्गाका विद्यार्थी अध्ययनरत छन् । क्याम्पसका लागि आवश्यक कक्षाकोठा र छात्राबासको भवन भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको छ । एउटै विषयमा पठनपाठन भइरहेको रावा क्याम्पसमा पुस्तकालय, कम्प्युटर प्रयोगशालालगायत सुविधा रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज १ अर्बको दही कारोबार हुने, देशभर ७५ लाख लिटर खपतको अनुमान
-
अमेरिका र इरानबिच पुनः तनाव बढ्दा कच्चा तेलको मूल्य बढ्यो
-
खुमल्टारमा रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
‘करारखेती प्रवर्द्धन कार्यक्रम’बाट कृषकलाई राहत
-
खाद्य सुरक्षा र किसानको हितका लागि जलवायुमैत्री प्रविधिमा जोड दिनुपर्छ: गगन थापा
-
दराजमा ४० वर्षसम्म थन्किएको जीवावशेष अन्टार्कटिका महादेशमा फेला परेको इतिहासकै पहिलो डाइनोसरको हड्डी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण