साउदी अरबमा किन भेला भइरहेछन् इस्लामिक राष्ट्र ?
सोमबार, २६ कात्तिक २०८१, १४ : १५
रियाद । अरब र मुस्लिम देशका नेताहरू सोमबार साउदी अरबको राजधानी रियाद पुगेका छन् । गाजा र लेबनानमा इजरायलसँग चलिरहेको युद्धमा केन्द्रित भएर आयोजना भइरहेको सम्मेलनमा सहभागी हुन सबै रियादमा भेला भएका हुन् ।
‘प्यालेस्टिनी र लेबनानी क्षेत्रमा बढ्दो हिंसा, क्रूर इजरायली आक्रमणसहित, अरब र इस्लामिक नेताहरूलाई तत्काल कदम चाल्न बाध्य बनाएको छ ।’ भन्दै साउदी अरबको सरकारी मिडिया एजेन्सी वाफाले एउटा समाचारमा भनेको छ ।
यस सम्मेलनको मुख्य प्राथमिकता प्यालेस्टाइन र लेबनानी क्षेत्रमा इजरायली आक्रमण रोक्ने, आम जनताको सुरक्षा र क्षेत्रमा शान्ति र स्थायित्व स्थापना गर्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिनु रहेको बताइएको छ । रियादमा चलिरहेको सम्मेलनमा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ पनि साउदी अरब पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण