बागमतीमा बढाइयो मन्त्रालय

मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेको १३ मन्त्रालयलाई विभाजन गरी १४ मन्त्रालय बनाएको हो ।
मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या थप गरी मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार बैठकले प्रदेशमा सहकारी तथा गरिबी निवार मन्त्रालय खडा गर्ने निर्णय गरेको छ ।
उक्त कार्यविभाजन अनुसार मन्त्रीको जिम्मेवारी भने नतोकिएको उनले बताए । मुख्यमन्त्री बहादुर सिंह लामाले कार्यविभाजन अनुसार सो मन्त्रालयमा मन्त्रीको जिम्मेवारी तोक्ने उनले बताए ।
बागमती प्रदेशमा विगत ११० दिनदेखि एक विना विभागीय मन्त्री कायम रहेका छन् । गत साउन ९ मा मुख्यमन्त्री लामाले नियुक्त गरेका एक मन्त्रीले जिम्मेवारी पाउन सकेका छैनन् । साउन १२ मा सरकारलाई पूर्णता दिएर साउन १५ मा विश्वासको मत लिँदै सरकार सुरक्षित गरेका उनले प्रदेशको १३ मन्त्रालयमा कांग्रेसका ७ र एमाले ६ मन्त्री नियुक्त गरेका थिए । जसमा कांग्रेसका मदुकुमार श्रेष्ठले जिम्मेवारी पाउन सकेका थिइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. निर्मला पोखरेललाई प्रश्न : संस्कारहरू किन महँगा भए ?
-
स्वास्थ्य बिमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थपिने
-
हामीलाई नेपाली नागरिकताको निरन्तरता चाहिन्छ : ब्रिटिस गोर्खा
-
कक्षा १२ को परीक्षामा मोबाइल फोन लगायत इलेक्ट्रोनिक्स डिभाइस निषेध
-
एनआरएनएका सबै पक्षलाई डा. शेष घलेले गराएको एकता महाधिवेशनमा जोडिन परराष्ट्रमन्त्रीको सुझाव
-
‘वाटर कलर ओडिसी’ : तीन देशका कलाकारको क्यानभासमा आ–आफ्नै पहिचान