इजरायलको बचाउमा उत्रियो अमेरिका
बुधबार, २८ कात्तिक २०८१, १५ : ३३
तेल अभिभ । मानवीय सहायतालाई गाजा पुग्नबाट रोक्ने क्रममा इजरायलले अमेरिकी कानुनको उल्लंघन नगरेको अमेरिकाले बताएको छ ।
अमेरिकाले यसअघि इजरायललाई ३० दिनभित्र गाजामा मानवीय सहायताको पहुँच बढाउन होइन भने सैन्य सहायता रोकिने जोखिम बढाउन अल्टिमेटम दिएको थियो । इजरायलले गाजामा मानवीय सहायता पुर्याउन धेरै कदम चालेको तर अझै धेरै काम गर्न बाँकी रहेको अमेरिकी अधिकारीहरूले मंगलबार भनेका छन् ।
गाजामा सहायता पुर्याउन नयाँ क्रसिङ खोलिएको र यसबाट उत्तरी क्षेत्रमा पुनः सहायता पुग्न थालेको अमेरिकी विदेश विभागका प्रवक्ता वेदान्त पटेलले बताएका छन् । तर, उनले शरणार्थी शिविरमा मानवीय सहायता पुर्याएको हो वा होइन चाहिँ भनेनन् ।
अमेरिकी दाबीको विपरीत गाजामा पुर्याइएको मानवीय सहायता यस वर्षको सबैभन्दा न्यून स्तरमा रहेको चेतावनी संयुक्त राष्ट्र संघले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण