फलामको रड प्रहार गरी छिमेकीको हत्या गर्ने एक युवक पक्राउ
आइतबार, ०२ मङ्सिर २०८१, ०८ : ३०
काठमाडौँ । रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका–५ फुलबारी बस्ने वर्ष २६ का मान कुमार राजवंशी रहेका छन् ।
राजवंशीले छिमेकी गङ्गा लाल माझीलाई पुरानो रिसिइबीको कारण विवाद गरी हिजो राति फलामको रडले टाउकोमा प्रहार गरेका थिए । घाइते माझीको उपचारको क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।
लगत्तै रड प्रहार गर्ने राजवंशीलाई फलामको रडसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
-
डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
असन्तुष्ट छ रास्वपाभित्रको मधेस
-
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
-
सशस्त्र प्रहरीद्वारा ३ मोटरसाइकलसहित झन्डै १२ लाखको अवैध कपडा बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण