ग्रामथान अध्यक्षका लागि राप्रपाका दिनेशकुमार थान्दारले दिए उम्मेदवारी
आइतबार, ०२ मङ्सिर २०८१, १२ : २६
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि राप्रपाका दिनेशकुमार थान्दारले उम्मेदवारी दर्ता गराएका छन् । उनले निर्वाचन कार्यालय ग्रामथान तेतरिया पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको आव्हान गरिएको छ । आजै नेकपा एमालेका तर्फबाट तुलसीराम विश्वासले १ बजे, कांग्रेसका बलराम सरदारले २ बजे, माओवादीका नमोनारायण माझीले साढे २ बजे उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
यस्तै जनमत पार्टी, रास्वपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाएजेसन, समावेशी समाजवादी पार्टी र जनता समाजवादी पार्टीले पनि उम्मेदवारी दर्ता गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण