मनमोहन विश्वविद्यालयमा कानुन पढाइ हुने
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ मा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा पुसदेखि कानुन पढाइ सुरु हुने भएको छ ।
विश्व विद्यालयले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी बिबिए, एलएलबी र स्नातकोत्तर तहको क्रिमिनल (फौजदारी कानुन) को पढाइ हुने जानकारी गराएको हो ।
प्रविधिमैत्री, व्यावहारिक र समय सान्दर्भिक कानुनी जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित मनमहोनमा कानुन विषयको पढाइ सुरु हुने तयारी गरिएको उपकुलपति डा. सुवास श्री पोखरेलले बताए । ‘मनमोहन प्राविधिक विश्वविद्यालयले देशमै पहिलो पटक स्कुल अफ एप्लाइड साईन्स टेक्नोलोजी एण्ड ल अन्तर्गत ‘मनमोहन ईस्टिच्युट अफ ल’ स्थापना गरेर नयाँ नमुना पाठ्यक्रममा आधारित भएर कानुनमा स्नातक तह बीबीए एलएलबी) को पढाई सुरु गर्दैछ । यो पाठ्यक्रम हामीले धेरै विज्ञहरूबाट सुझाव लिएर तयार गरेका छौँ,’ उपकुलपति पोखरेलले भने, ‘यसले कानुन, व्यवस्थापन र प्रविधिमा आधारित दक्ष जनशक्ति मात्र उत्पादन गर्दैन, कानुन व्यवसायीहरूलाई आत्मनिर्भर पनि बनाउँदछ ।’
पाँच वर्षे यो पाठ्यक्रमले विद्यार्थीहरूलाई देवानी र फौजदारी मुद्दाहरूमा प्राविधिक खोज अनुसन्धान गर्न सक्षम बनाउने उनले बताए । कानुन विषय पढ्नका लागि विद्यार्थीले पाँच वर्षमा मात्र ४ लाख ५० हजार शुल्क रहेको छ । छात्रवृत्तिको व्यवस्था समेत रहेको विश्व विद्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती नदीमा डुबेर दुई बालकको मृत्यु
-
विश्वकप नकआउट समीकरण : कसलाई सहज, कसलाई सकस ? (भिडियो)
-
बजेट संशोधन नगरे फेल गर्ने चेनावनी, दबाबमा कोशीका मुख्यमन्त्री
-
संरचनात्मक लाभांश : सामाजिक न्यायको एउटा नयाँ दृष्टि
-
‘होम मिनिस्टर’ टिमको सदस्य हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्ने युवक पक्राउ
-
शिव परियारलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण