टीआरसी र बेपत्ता आयोगको काम छिटो पुरा गर्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले टीआरसी र बेपत्ता आयोगको काम छिटो पुरा हुनुपर्नेमा जोड दिएका छन् । बुधबार शान्ति सम्झौता १८ वर्ष पुगेको सन्दर्भमा प्रतिक्रिया दिँदै डा.भट्टराई सो टीआरसी र बेपत्ता आयोगको काम छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले भनेका छन् : ‘शान्ति-सम्झौताको १८ बर्ष पूरा हुँदा सबैले TRC/बेपत्ता आयोगको काम (धारा ५.२.५) नसकिएकोमा चिन्ता गर्छौं। गर्नैपर्छ। त्यो छिटो पूरा हुनैपर्छ।’
साथै उनले शान्ति सम्झौताको अर्को पक्ष राजनीतिक आर्थिक रुपान्तरणका प्रावधानहरुलाई पनि कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । शान्ति सम्झौताको धारा–३ मा उल्लेखित सो प्रावधान कार्यान्वयन नहुँदा लाखौ युवाहरु देश छोडेर विदेश जान बाध्य भएको बताउँदै भट्टराईले उनीहरुलाई देशलाई भ्रष्टाचारमुक्त गर्न र समृद्ध नेपाल निर्माणका लागि अघि बढ्न आग्रह गरेका छन् ।
आफ्नो पुस्ताका युवाहरुको ठुलो बलिदानीपूर्ण संघर्षको बलमा भएको ऐहिासिक शान्ति सम्झौतामा राजनीतिक आर्थिक सामाजिक रुपान्तरणका प्रावधानहरुलाई कार्यान्वयन गरेर जान आफूहरु सँगै रहने समेत उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म