रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
काठमाडौँ । आर्थिक लेखक, विश्लेषक तथा पत्रकार रिसव गौतमको नयाँ पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा आएको छ । सैद्धान्तिक भन्दा पनि अर्थतन्त्रका विविध विषयगत क्षेत्रहरूमा पुस्तक केन्द्रित रहेको लेखकले जनाएका छन् ।
पुस्तकमा आफ्नै मौलिकतामा देशको विकास निर्माणलाई अघि बढाउनुपर्ने तर्क अघि सारिएको छ । पुस्तकमा भनिएको छ ‘नेपाली अर्थतन्त्रको विकल्प भनेको मौलिक हिसाबको विकास निर्माण हो । संसारका देशहरूले आफ्ना–आफ्ना सबलता, प्रकृतिले दिएका विशिष्ट स्रोतसाधन अनुसार विकासलाई अघि बढाएका छन् । नेपालले पनि एउटा भूपरिवेष्टित, पहाडी एवं हिमाली देश भएको नाताले प्राकृतिक स्रोत, साधन, भौगोलिक परिवेश, मौलिक संस्कार तथा संस्कृति अनुरूप विकासको बाटोमा अघि बढ्नुपर्छ’ ।
पुस्तकमा मौलिकताको विषयसँगै वित्तीय क्षेत्र, सहकारी, बिमा, जलविद्युत, शेयर बजार, पर्यटन जस्ता अर्थतन्त्रका प्राविधिक विषयहरूमाथि केन्द्रित छ । अर्थतन्त्रको विगत, वर्तमान र भविष्यमा केन्द्रित पुस्तकले विश्व अर्थतन्त्रलाई पनि केलाउने प्रयास गरेको छ ।
अर्थतन्त्रबारे रुचि राख्नेहरूलाई मात्र नभएर पुस्तक लोकसेवा आयोगको तयारी गर्नेहरू तथा सेयर बजारका लगानीकर्ताहरूलाई उपयुक्त हुन सक्नेछ । प्रर्दशनीमार्ग स्थिति कालिन्चोक पुस्तक पसल वितरक रहेको पुस्तकको मूल्य रु ५ सय रहेकोे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण