बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
काठमाडौँ । गत असोज दोस्रो साता अविरल वर्षाका कारण मुलुकमा १७ अर्ब बढीको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ । तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति कृषि तथा पशुपन्छी क्षेत्रमा परेको छ।
कृषि तथा पशुपन्छीतर्फ ६ अर्ब बराबर, खानेपानीको संरचनामा ३ अर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको छ। ऊर्जातर्फ ४ अर्ब, सिँचाइतर्फ १ अर्बको क्षति पुगेको छ। बाढी–पहिरो डुबानबाट २ सय २६ को मृत्यु भएको छ भने २५ बेपत्ता छन् भने १ सय ७७ घाइते भएका थिए ।
काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बाढी प्रभावित भएका छन्। ३७ वटा राजमार्ग अवरुद्ध भएका थिए।
काठमाडौँ उपत्यकाको बागमती कोरिडोर क्षेत्र र नख्खु खोला कोरिडोरमा रहेका सयौँ घरहरूमा क्षति पुगे । त्यस्तै गरी ललितपुरको टिकाभैरब क्षेत्र, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा पनि बाढीले उस्तै क्षति पुर्याएको छ ।
बाढीले क्षति पुर्याएको दुई महिना पुगे पनि अहिलेसम्म पीडितहरूले सरकारबाट उचित राहत नपाएको गुनासो गरिरहेका छन् । न त क्षतिग्रस्त संरचना पुनर्निर्माणमा नै सरकारको ध्यान पुग्न सकेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_dFEbQh6t2j.jpg)
_gj8kC6Uja4.jpg)
_psqBOfYfGg.jpg)
_mqwycbza6Q.jpg)
_3t9boQFNKp.jpg)
_M1fbfbOdBt.jpg)
_7IhQOAU932.jpg)
_wzJTc0l0Nx.jpg)
_fcVsk6YBVg.jpg)
_Fj6LqITSe4.jpg)
_wdbnYvRdnT.jpg)
_AX3rlieEUS.jpg)
_XgwBNEhPfJ.jpg)
_WmMjXz3QTm.jpg)
_mRvKn0pT7d.jpg)
_ppL3IfrHKT.jpg)
_zsMlIdKFwI.jpg)
_utjQRAPrCL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण