लेबनानमा युद्धविराम सम्झौताबारे छलफल गर्न इजरायलकाे मन्त्रीपरिषद् बैठक बस्दै
तेल अभिभ । लेबनानी सशस्त्र समूह हिजबुल्लाहसँगको लडाई अस्थायी रूपमा रोक्न युद्धविरामको प्रस्तावमाथि छलफल गर्न इजरायलको मन्त्री परिषद्ले छलफल गर्ने भएको छ । प्रस्तावित युद्धविराम सुरुमा ६० दिनको लागि हुनेछ । यसमा लेबनानबाट इजरायली सेना फिर्ता ल्याउने विषय पनि संलग्न भएको भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
यसको बदलामा हिजबुल्लाहले लितानी नदीको दक्षिणमा रहेका आफ्ना लडाकुहरू फिर्ता लैजाने बताइएको छ । यसको सट्टामा त्यहाँ लेबनानी सेनालाई राखिनेछ । सम्झौता पक्का भइसकेको भनेर कूटनीतिज्ञहरूले बताएको भएपनि दुई पक्षबीच भीषण लडाई चलिरहेको छ । इजरायलले गरेको हवाई हमलामा दक्षिण लेबनानमा ३१ जनाको मृत्यु भएको लेबनानी अधिकारीहरूले भनेका थिए । हिजबुल्लाहले पनि इजरायलमाथि एक पछि अर्को गर्दै रकेट प्रहार गरिरहेको छ ।
मंगलबार बस्ने मन्त्री परिषद्को बैठकमा इजरायली मन्त्रीहरूले सम्झौतामा मतदान दिने अपेक्षा गरिएको भन्दै इजरायली पत्रिका हारित्जले समाचार छापेको छ । बैठक सम्झौताको मूल पाठलाई अनुमोदन गर्न बस्न लागेको इजरायली वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले समाचार छापेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण