बाजागाजासहित प्रधानमन्त्रीलाई ज्यापू दिवसको निमन्त्रणा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहित करिब सय जनाको समूहले नेवारी बाजागाजा प्रस्तुत गर्दै सगुन दिएर दिवसको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेको हो ।
यस वर्षको ज्यापु दिवस तथा योमरी पुन्ही यही मङ्सिर ३० गते मनाइनेछ । उक्त दिन काठमाडौँमा र्यालीसहित वसन्तपुरमा मुख्य कार्यक्रम हुनेछ । कार्यक्रममा ज्यापु प्रतिभा पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
परम्परागत निमन्त्रणा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृति नेपाली संस्कृतिको पहिचान दिने मौलिक, उन्नत र परिष्कृत तथा इतिहास बोकेको संस्कृति भएकाले सबै मिलेर यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले ज्यापु गुठीका लागि अक्षयकोषमा सक्दो रकम वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण