फिफा वर्ष खेलाडी अवार्डको मनोनयनमा मेस्सीसँगै एमबाप्पे र यामल पनि
शुक्रबार, १४ मङ्सिर २०८१, १० : २२
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) ले ‘फिफा वर्ष खेलाडी अवार्ड’ को मनोनयनमा पर्न सफल खेलाडीहरूको नाम सार्वजनिक गरेको छ ।
लामो अनिश्चिततापछि फिफाले सार्वजनिक गरेको सम्भावित विजेताको सूचिमा समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक लियोनल मेस्सीको नाम पनि समावेश गरिएको छ ।
कीर्तिमानी रुपमा आठपटक बालोन डी’ओर अवार्ड जितिसकेका अर्जेन्टिनी स्टार मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् ।
मनोनयनमा पर्न सफल खेलाडीहरूको सूचिमा भिनिसियस जुनियर र रोड्री पनि रहेका छन् । यसका अतिरिक्त जुड बेलिङ्घम र डानी कार्भाजललाई पनि मनोनयनमा समावेश गरिएको छ ।
यसैगरी, अर्लिङ हालान्ड, टोनी क्रुस, केलियन एमबाप्पे, फेड्रिको भल्भेर्ड र लामिन यामललाई पनि मनोनयनको सूचिमा समावेश गरिएको छ । अघिल्लो दुई संस्करणको अवार्ड मेस्सीले जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ : हालसम्म कुन–कुन टिम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
-
युरोपमा गर्मीको भयावह कहर, मर्नेकाे सङ्ख्या चुलिँदै
-
'वेलकम टु द जङ्गल'को बक्स अफिसमा दमदार सुरुआत, पहिलो दिनको कलेक्सन कति ?
-
५१ औँ दिनमा ‘लालीबजार’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण