नेपालका चार आसीईटी कम्पनी एपिक्टा अवार्ड्स-२०२४ मा प्रतिस्पर्धा गर्दै
काठमाडौँ । नेपालका चार आईसीटी कम्पनी एसिया प्यासिफिक आईसीटी अलाइन्स (एपिक्टा) अवार्डमा सहभागी हुने भएका छन् । एसिया प्यासिफिक क्षेत्रका आईटी कम्पनीको छाता संस्थाहरू सदस्य रहेको उक्त अलाइन्सको २०२४ को अवार्डका लागि आईएमएस सफ्टवेयर, त्रिलोक्य टेक्नोलोजी, ईकागजपत्र र अलपास टेक्नोलोजीले सहभागिता जनाउन लागेका हुन् ।
आईएमएसले फाइनान्स र एकाउन्टिङ सोलुसन्स (फिनटेक), त्रिलोक्य टेक्नोलोजीले सेक्युरिटी सोलुसन्स, ईकागजपत्रले प्रोफेशनल सर्भिसेज सोलुसन्स र अलपासले गभर्मेन्ट, सिटिजन सर्भिसेस एण्ड डिजिटल गभर्मेन्ट विधामा प्रतिस्पर्धा गर्नेछन् ।
यो अवार्ड डिसेम्बर ४ देखि ७ सम्म ब्रुनाईमा आयोजना हुँदैछ। यस वर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनाई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनामका कम्पनीहरुबीच प्रतिस्पर्धा हुनेछ ।
नास आईटीले यसलाई नेपालको आईटीको क्षेत्रको प्रवर्धनको लागि महत्त्वपूर्ण कदमको रूपमा हेरेको जनाएको छ। यसले नेपाललाई एक आईटी हबको रूपमा स्थापित गर्ने नेपाल सरकारको लक्ष्यमा ठुलो सहयोग पुर्याउने समेत सो संस्थाको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण