रिलायन्स स्पिनिङ मिलले पाएन अन्तरिम आदेश, प्राधिकरणलाई बत्ती काट्ने बाटो खुल्यो
सोमबार, १७ मङ्सिर २०८१, १४ : ०७
काठमाडौँ । सुनसरी जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिललाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
डेडिकेटड तथा ट्रंक लाइनको महसुल नतिरेको मिलले नेपाल विद्युत् प्राधिकरणविरुद्ध असोज ५ गते रिट दर्ता गरेको थियो । ६ गते अदालतले बत्ती नकाट्न अन्तरकालीन अन्तरिक आदेश दिँदै दुवै पक्षलाई बोलाएको थियो ।
त्यसपछि मंसिर १६ गते अदालतले उक्त मुद्दाको पेसी चढायो । न्यायाधीश प्रकाश रावतको इजलासले मिललाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यससँगै अब नेपाल विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङको बत्ती काट्न सक्ने भएको छ ।
यसअघि कार्तिक ८ गते ३४ उद्योगको लाइन काट्दा अन्तरिम आदेशका कारण प्राधिकरणले रिलायन्सको लाइन काट्न सकेको थिएन । प्राधिकरणका अनुुसार रिलायन्स स्पिनिङ मिलले डेडिकेटेड तथा ट्रंक लाइनको महसुलवापत ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ बक्यौता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण