बागबजारको आराधाना कम्प्लेक्समा सुट मेला
काठमाडौँ । काठमाडौँको बागबजारस्थित आराधाना कम्प्लेक्समा सुट मेला, २०८१ सुरु भएको छ । नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनमा सोमबार सुरु भएको मेला आगामी २०८२ वैशाख २५ गतेसम्म चल्नेछ ।
मेलामा ब्राण्डेड सटिङ तथा सुटिङका कपडा दर्जनौँ डिजाइनमा सुपथ मूल्यमा राखिएको महासंघले जनाएको छ । मेलामा आराधानामा रहेका मेरिना इम्पेक्स, अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप र ह्यारी कलेक्सनका स्टल रहेका छन् ।
मेला संयोजक अर्जुन बस्नेतका अनुसार इटालियन, इग्ल्याण्ड, बैंकक, भारत लगायत देशका उच्च गुणस्तरीय फेब्रिक राखिएको छ । उनले भने, ‘मेलामा सबै कपडा र सिलाइमा आकर्षक छुट राखिएको छ ।’ मेलामा किनमेल गरेका ग्राहकमध्ये गोलाप्रथाबाट चयन गरी स्वदेश र विदेशका विभिन्न गन्तव्यमा घुमाइने समेत बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण