बागबजारको आराधाना कम्प्लेक्समा सुट मेला
काठमाडौँ । काठमाडौँको बागबजारस्थित आराधाना कम्प्लेक्समा सुट मेला, २०८१ सुरु भएको छ । नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनमा सोमबार सुरु भएको मेला आगामी २०८२ वैशाख २५ गतेसम्म चल्नेछ ।
मेलामा ब्राण्डेड सटिङ तथा सुटिङका कपडा दर्जनौँ डिजाइनमा सुपथ मूल्यमा राखिएको महासंघले जनाएको छ । मेलामा आराधानामा रहेका मेरिना इम्पेक्स, अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप र ह्यारी कलेक्सनका स्टल रहेका छन् ।
मेला संयोजक अर्जुन बस्नेतका अनुसार इटालियन, इग्ल्याण्ड, बैंकक, भारत लगायत देशका उच्च गुणस्तरीय फेब्रिक राखिएको छ । उनले भने, ‘मेलामा सबै कपडा र सिलाइमा आकर्षक छुट राखिएको छ ।’ मेलामा किनमेल गरेका ग्राहकमध्ये गोलाप्रथाबाट चयन गरी स्वदेश र विदेशका विभिन्न गन्तव्यमा घुमाइने समेत बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
-
खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ
-
सरकारले खोस्यो १३ जना स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
-
१० बजे १० समाचार : नेकपा बहुमतमा धर्मेन्द्रको नेतृत्वदेखि पद थप्ने होमवर्कमा एमालेसम्म
-
इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्नसक्छ : प्रधानसेनापति
-
संघका कर्मचारीलाई सचिव बनाएपछि गण्डकीका स्वास्थ्य सचिव शर्मा पुगे अदालत