नेपाल एसबिआई मर्चेण्टको सञ्चालक समितिको अध्यक्षमा आनन्द
काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडको सञ्चालक समितिको ६६ औँ बैठकले विकास आनन्दलाई समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको छ । आनन्दलाई नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट सञ्चालकको रूपमा मनोनीत गरी पठाइएको हो ।
आनन्द नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख सञ्चालन अधिकृतको पदमा कार्यरत रही नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय सञ्चालन, मानव संसाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानुन लगायतका मामिला हेर्छन् । उनले प्रचलित कम्पनी ऐन बमोजिम गोप्यता तथा इमानदारिताको शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडको सञ्चालकहरू राजेश कुमार पांडा, छपि राज पन्त, स्वतन्त्र सञ्चालक नन्दन हरि शर्मा, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल तथा कम्पनीको कम्पनी सचिव खगेश्वर भट्ट लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दाल कतिबेला खाने ? तपाईँलाई थाहा छ ?
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण