प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद लाभांश दिने
बुधबार, १९ मङ्सिर २०८१, २० : १७
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्तावलाई अनुमोदन गरेको हो ।
बैंकको चुक्ता पुँजी रु. १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रहेको छ । सो सभामा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल रु. १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात् २०.६९ प्रतिशतले वृद्धि गरी कुल रु. २ खर्ब १५ अर्ब ५१ करोड पुर्याएको छ ।
बैंकले सञ्चालन मुनाफामा पनि गत वर्ष भन्दा १७.७२ प्रतिशतले वृद्धि गरी कुल रु. ७ अर्ब ५१ करोड आर्जन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण