प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद लाभांश दिने
बुधबार, १९ मङ्सिर २०८१, २० : १७
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्तावलाई अनुमोदन गरेको हो ।
बैंकको चुक्ता पुँजी रु. १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रहेको छ । सो सभामा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल रु. १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात् २०.६९ प्रतिशतले वृद्धि गरी कुल रु. २ खर्ब १५ अर्ब ५१ करोड पुर्याएको छ ।
बैंकले सञ्चालन मुनाफामा पनि गत वर्ष भन्दा १७.७२ प्रतिशतले वृद्धि गरी कुल रु. ७ अर्ब ५१ करोड आर्जन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीको ३३ पदाधिकारीका लागि १५५ जनाको उम्मेदवारी
-
आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोले उडान प्रभावित गर्न सक्दैन : अर्थमन्त्री पौडेल
-
बीमा प्राधिकरणको अध्यक्षका लागि एक दर्जन आकांक्षी (नामावलीसहित)
-
वैदेशिक रोजगार विभागका महानिर्देशकका पाँच महिना : ७५ प्रतिशत बढीलाई क्षतिपूर्ति, बिचौलियालाई रोक
-
पाँच वर्षमा ८७ अर्ब ३५ करोड रुपैयाँ रासायनिक मलमा खर्च