आफ्नो निर्णयमाथि पुनर्विचार गर्न सरकारलाई क्रिकेटर रासिद खानको सुझाव
काठमाडौँ । अफगानिस्तानका प्रभावशाली क्रिकेटर रासिद खानले अफगान सरकारको एक निर्णयमाथि पुनर्विचार गर्न सुझाव दिएका छन् । अफगानिस्तानमा अहिले तालिबानको सरकार छ ।
अफगानिस्तानको सरकारले हालै महिलाहरुलाई मेडिकल कलेजमा अध्ययन गर्नबाट रोक लगाउने निर्णय गरेको थियो । चिकित्साशास्त्र अध्ययन गरिरहेका महिलाहरुलाई इन्स्टिच्युटमा प्रवेश गर्न पनि रोक लगाइएको छ ।
क्रिकेटर रासिद खानले तालिवान सरकारको सोही निर्णयको विरोध गरेका हुन् । महिलालाई चिकित्साशास्त्र अध्ययन गर्न नदिने सरकारी निर्णय गलत भएको भन्दा उक्त निर्णयमा विचार गर्न सुझाव दिएका छन् ।
‘शिक्षाले महत्वपूर्ण स्थान राख्छ । पुरुष र महिला दुबैका लागि ज्ञानको खोजी गर्न यो महत्वपूर्ण हुन्छ । कुरानले पनि लैंगिक विभेद नगरी शिक्षालाई समान महत्व दिएको छ । त्यसैले महिलाले चिकित्साशास्त्र अध्ययन गर्न नपाउने निर्णयमाथि सरकारले विचार गर्नु आवश्यक छ,’ उनले भनेका छन् ।
रासिद खानले सरकारको यो निर्णयले सामाजमा पनि प्रतिकुल असर पार्ने धारणा ब्यक्त गरेका छन् । ‘पक्कै पनि यो निर्णयले हाम्रो समाजको भलो गर्दैन । यो निर्णयबाट म निकै दुःखी पनि छु,’ समाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै रासिद खानले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण