क्यानडाको भ्याङ्कुभरमा चक्कु प्रहारबाट दुई घाइते, सन्दिग्धको मृत्यु
बिहीबार, २० मङ्सिर २०८१, ११ : २२
भ्यान्कुभर । क्यानडाको भ्यान्कुभरमा चक्कु प्रहारका घटनामा दुई जना घाइते भएका छन् । एक जना संदिग्धलाई गोली हानेर मारिएको प्रहरीले बताएको छ । यो घटना बुधवार बिहानको भएको बताइएको छ ।
चक्कुधारी एक पुरुषले रेस्टुराँबाट रक्सी चोरेको सूचना आएपछि अधिकारीहरू सतर्क भएका थिए । प्रहरी पुग्दा ती व्यक्ति नजिकैको कन्भेनियन्स स्टोरभित्र छिरिसकेका थिए ।
त्यहीँ प्रहरीले गोली हानेर उनलाई कब्जामा लिएको भन्दै बीबीसीले समाचारमा भनेको छ । घटनाका घाइतेलाई अस्पताल लगिएको र चोट घातक नभएको भनिए पनि चोट कहाँ लागेको भनेर बताइएको छैन ।
मृतकको पहिचान खुलिसकेको छैन । घटनाबारे छानबिन भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण