निर्माण व्यवसायीको भुक्तानी अर्थ मन्त्रालयमा निर्भर हुन्छ : महानिर्देशक पोखरेल
काठमाडौँ । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले प्राथमिकताका आधारमा निर्माण व्यवसायीको भुक्तानी गरिने बताएका छन् । तर, यो अर्थ मन्त्रालयमा निर्भर हुने उनले बताए ।
अर्थमन्त्रालयले जति छिटो गर्छ, त्यति छिटो निर्माण व्यवसायीहरुले भुक्तानी गर्न सकिने उनले बताए । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयौजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘अर्थमन्त्री ज्यूले भोलि (आइतबार) नै भुक्तानी लिन आउनु भन्नुभयो । अब बिभागमा भुक्तानी लिन आउनेका लाइन लाग्नेहोला । तर, यो अर्थमन्त्रालयमै निर्भर हुन्छ । हामीले बजेट व्यवस्थापनका लागि अर्थमन्त्रालयमा प्रस्ताव पेश गरेका छौं,’ उनले भने, ‘अर्थ मन्त्रालयले जति छिटो गर्छ, त्यति छिटो निर्माण व्यवसायीहरुले भुक्तानी पाउने अवस्था रहन्छ ।’
यस्तै, बुटवल नारायणघाट सडक खण्डका कारण विभागलाई समस्या पनि भइरहेको पनि उनले बताए । फकाएर भए पनि पुरानो निर्माण व्यवसायीलाई काम गर्न लगाउनुपर्ने अवस्था आएको पनि उनले बताए । । ठेक्का तोडेर काम गर्दा विभिन्न समस्या आउन सक्ने उनले बताए । त्यसले लागत र समय पनि बढ्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण