रियाल मड्रिड र बार्सिलोनालाई 'लखेट्दै' एटलेटिको
सोमबार, २४ मङ्सिर २०८१, ०४ : २२
काठमाडौं । स्पेनिस ला लिगामा एटलेटिको मड्रिडले सशक्त प्रदर्शन गरेको छ । घरेलु मैदानमा आइतबार राती भएको खेलमा एटलेटिकोले सेभियाविरुद्ध ४-३ को जित निकाल्यो । यद्यपि, एटलेटिकोले यो सिजन सशक्त प्रर्दशन गरेको छ । उसले अहिलेसम्म जम्मा १ खेल मात्रै गुमाएको छ ।
एटलेटिकोका लागि एन्टोनी ग्रिजम्यान एक्लैले दुई गोल गर्दा रोड्रिगो डे पउल र सामुएल लीनोले एक-एक गोल गरे । सेभियाका लागि लुकबाकियो, रोमेरो र सान्चेजले गोल गरे ।
जितसँगै एटलेटिको मड्रिडले आफुलाई शीर्ष चारमा अड्याएको छ । तेस्रो स्थानमा रहेको उसको १६ खेलबाट ३५ अंक भएको छ । दोस्रो स्थानमा रहेको रियाल मड्रिडको ३६ अंक हुँदा शीर्ष स्थानको बार्सिलोनाको ३८ अंक छ । एटलेटिकोले रियाल र बार्सिलोनालाई लखेट्न सुरु गरेको छ ।