रियाल मड्रिड र बार्सिलोनालाई 'लखेट्दै' एटलेटिको
सोमबार, २४ मङ्सिर २०८१, ०४ : २२
काठमाडौं । स्पेनिस ला लिगामा एटलेटिको मड्रिडले सशक्त प्रदर्शन गरेको छ । घरेलु मैदानमा आइतबार राती भएको खेलमा एटलेटिकोले सेभियाविरुद्ध ४-३ को जित निकाल्यो । यद्यपि, एटलेटिकोले यो सिजन सशक्त प्रर्दशन गरेको छ । उसले अहिलेसम्म जम्मा १ खेल मात्रै गुमाएको छ ।
एटलेटिकोका लागि एन्टोनी ग्रिजम्यान एक्लैले दुई गोल गर्दा रोड्रिगो डे पउल र सामुएल लीनोले एक-एक गोल गरे । सेभियाका लागि लुकबाकियो, रोमेरो र सान्चेजले गोल गरे ।
जितसँगै एटलेटिको मड्रिडले आफुलाई शीर्ष चारमा अड्याएको छ । तेस्रो स्थानमा रहेको उसको १६ खेलबाट ३५ अंक भएको छ । दोस्रो स्थानमा रहेको रियाल मड्रिडको ३६ अंक हुँदा शीर्ष स्थानको बार्सिलोनाको ३८ अंक छ । एटलेटिकोले रियाल र बार्सिलोनालाई लखेट्न सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण