पश्चिमी वायुको प्रभाव : तापक्रम घट्दा काठमाडौं उपत्यकामा कठ्याङ्ग्रिने जाडो
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ । पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।
दिपायलमा पछिल्लो २४ घण्टामा २.५, डडेल्धुरामा ३.१ र सुर्खेतमा २.१ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तै, राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । मौसम बदली सँगै काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा कर्णालीमा पहाडी क्षेत्रमा चिसो बढेको छ ।
काठमाडौं उपत्यकाको अधिकतम र न्यूनतम तापक्रम दुबै घटेसँगै कठ्याङ्ग्रिने जाडो भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसभन्दा तल झरेको छ । यस्तै, न्यूनतम तापक्रम समेत ५ डिग्री सेल्सियस हाराहारी आएको मौसमविदले बताएका छन् । जसकारण मानिसहरुलाई एका विहानै घर बाहिरन निस्किन कठिनाई भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण