पर्यटक तान्दै डम्फु पार्क
मन्थली । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सुनापति गाउँपालिका–४ बेथान र वडा नम्बर ३ हिलेदेवीको सङ्गमस्थल सेल्फी डाँडामा निर्माण गरिएको डम्फु पार्कमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
पार्कभित्र निर्माण गरिएको डम्फु र टुङ्ना अनि यो पार्कबाट देखिने दृश्य अवलोकनका लागि पार्कमा मानिस आउने गरेका छन् । लुभ-बेथान-हिलेदेवी-गाल्वा सडकअन्तर्गत सेल्फी डाँडा सडकसँग जोडिएको पार्कमा अहिले फोटो खिच्ने, टिकटक बनाउने, पर्यटकीय गन्तव्य सैलुङ, दोलखाको गौरीशङ्कंर हिमाललगायत क्षेत्रको दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।
तामाङ समुदायको बाहुल्यता रहेको यो ठाउँमा सुनापति गाउँपालिकाले २१ लाख बजेट खर्च गरी तामाङ जातिको संस्कृति झल्किने गरी तीन वर्षअघि डम्फु पार्क निर्माण गरेको गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले बताए । उनले भने, ‘हामीले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले नै यो निर्माण गरेका हौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण