नेपाल प्रिमियर लिग : पोखराविरुद्ध काठमाडौँले पहिले बलिङ गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार बिहान हुने २४ औँ खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ । काठमाडौँ गुर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
दुवै टोलीको यो छैटौँ खेल हो । दुवै टोलीले यसमध्ये समान २ खेलमा जित र ३ खेलमा हार बेहोरेका छन् । दुवै टोलीले ४ अङ्क बटुल्दै छैटौँ र सातौँ स्थानमा विराजमान छन् ।
पोखराले पछिल्लो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको थियो । त्यो एनपीएलमा खेलिएको पहिलो सुपर ओभर थियो । उता, काठमाडौँ भने जनकपुर बोल्ट्ससँग ५ विकेटले स्तब्ध बनेको थियो ।
पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट प्रालिको स्वामित्वमा रहेको क्लब हो । पोखरा एभेन्जर्सलाई नेपाल टी–२० क्रिकेट प्रालिले तीन करोड ५७ लाख रुपैयाँमा खरिद गरेको हो ।
एनपीएलका आठ क्लबमध्ये पोखरा एभेन्जर्स सबैभन्दा महँगोमा बिक्री भएको क्लब पनि हो । पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् । पोखरा एभेन्जर्सका प्रमुख प्रशिक्षक राजीव कुमार हुन् ।
काठमाडौँ गुर्खाज कान्तिपुर पब्लिकेसनको स्वामित्वमा रहेको क्लब हो । कान्तिपुर पब्लिकेसनले काठमाडौँ गुर्खाजलाई तीन करोड ३३ लाख ३३ हजार तीन सय ३९ रुपैयाँमा खरिद गरेको हो । काठमाडौँ गुर्खाज नाम पनि कान्तिपुर पब्लिकेसनले नै राखेको हो । काठमाडौँ गुर्खाजका मार्की खेलाडी भने करण केसी हुन् । काठमाडौँ गुर्खाजका प्रमुख प्रशिक्षक वसन्त शाही हुन् ।
पोखराका लागि आन्द्रियस गाउसले सर्वाधिक १८८ रन बनाएका छन् । त्यसतै, दिनेश खरेलले १०९ रन बनाएका छन् । टोलीका लागि विपिन खत्रीले सर्वाधिक ६ विकेट लिएका छन् भने रेमन रिफर र सागर ढकालले ४–४ विकेट हात पारेका छन् ।
यता, काठमाडौँका लागि सुमित महर्जनले सर्वाधिक ८७ रन बनाएका छन् । त्यस्तै, जेरहार्ड इरासमसले ७३ तथा स्टेफन इस्किनाजीले ७२ रन जोडेका छन् । कप्तान करन केसीले सर्वाधिक ८ विकेट तथा इरासमसले ७ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानीका लागि आवश्यक र उपयुक्त क्षेत्रहरू प्रशस्त छन् : मन्त्री दाहाल
-
Live Updates : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
-
किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : नियमित हाजिरी चेक गर्दा प्रिसाको कोठाबाट आवाज नआएपछि...
-
पाँचौँ भजहर कप फुटबलमा पुलिस क्लब र कर्मचारी ग्रुप विजयी
-
प्रिसा साह मृत्यु प्रकरण : कीट विश्वविद्यालयद्वारा दुःख व्यक्त
-
माओवादीले एक लाख जनता उतारेपछि राजावादीको आन्दोलन ओझेलमा पर्यो : महासचिव देव गुरुङ