भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
आइतबार, ३० मङ्सिर २०८१, ११ : ४४
काठमाडौँ । भक्तपुरको सुर्यबिनायक नगरपालिका–१० स्थित नलिन्चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएर नलिन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले रातोपाटीलाई बताए ।
बा.४६ प ११२७ नम्बरको मोटरसाईकलका चालक काभ्रेको बनेपा नगरपालिका–६ घर भएका ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । जगातीबाट साँगातर्फ जाँदै गरेको अवस्थामा श्रेष्ठले पैदलयात्रीलाई ठक्कर दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण