मन्थलीमा प्रादेशिक अस्पतालको आवश्यकता खड्कियोः मन्त्री लामिछाने
रामेछाप । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले मन्थलीमा प्रादेशिक अस्पतालको आवश्यकता खड्किएको बताएका छन् । नागरिकलाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मन्थलीमा प्रादेशिक अस्पतालको महसुस भएको बताए ।
बिहीबार रामेछापको मन्थली अस्पताल अनुगमनका लागि पुगेका मन्त्री लामिछानेले रामेछापका नागरिकका लागि सुविधा सम्पन्न अस्पतालको विकास गर्ने गरी प्रादेशिक अस्पताल सञ्चालन गर्ने बारेमा निर्णय हुने बताए । प्रदेश सरकारले स्वास्थ्य र शिक्षामा लगानी गर्ने नीति अख्तियार गरेकाले नागरिकहरूलाई स्वास्थ्य सेवाको सुनिश्चितता गरिने मन्त्री लामिछानेको भनाई छ । उनले अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले अस्पताललाई स्तरोन्नति आवश्यकता रहेको बताए ।
मन्त्री लामिछानेले स्थानीय निकायले चाहेमा काम गर्न सकिन्छ भन्ने उदाहरण मन्थली अस्पताल सञ्चालनबाट प्रस्ट भएको बताए । प्रदेश सरकारसँग रहेको सीमित स्रोत साधनबाट अधिकतम काम गर्नु पर्ने भए पनि मन्थलीमा अस्पताललाई आवश्यक विषयमा सहयोग गर्न प्रतिबद्ध रहेको उनले बताए । उनले अस्पतालमा रहेका बिरामी भेट गरेर अन्तरक्रिया समेत गरेका थिए । उनले अस्पतालको अवस्था स्वास्थ्य उपचारको स्थिति बारेमा जानकारी लिएका थिए ।
बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश सरकारले बजेट वक्तव्य मार्फत घोषणा गरेको प्रदेश अस्पताल कार्यान्वयनमा नआएको र जबाफदेहीमा कठिन भएको बताए । उनले प्रदेश सरकारको प्रादेशिक अस्पताल निर्माणको निर्णय तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरे । सभापति श्रेष्ठले मन्थली अस्पताल प्रदेशस्तरको निर्माण गर्न सकेमा रामेछापसहित दोलखा र ओखलढुङ्गाका नागरिकले पनि सुविधा पाउने बताए ।
मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले बागमती प्रदेश सरकारसँग नगरपालिकाले साझेदारी गर्न समेत तयार रहेको बताए । साझेदारीको आधारमा लगानीमा मन्थलीमा प्रादेशिक अस्पताल सञ्चालनका लागि आवश्यक निर्णय गर्न नगरपालिका तत्पर रहेको उनको भनाई छ ।
मन्थली नगरपालिकाद्वारा संचालिन मन्थली अस्पताल १५ शय्या क्षमतामा सञ्चालन हुँदै आएको छ । आँखा, दाँत, फिजियोथेरापी लगायतका स्वास्थ्य परिक्षण तथा उपचार सेवा र स्वास्थ्य बिमा सुविधा उपलब्ध भएकोले दैनिक १५० भन्दा बढी नागरिकलाई सेवा प्रवाह हुँदै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिं धामीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण